उमेश कुमार साह: १६ फाल्गुन बोदे बर्साईन
१६ फाल्गुन ,सप्तरी । जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर २ स्थित श्री रा प्रा विद्यालय बौरहाको बाउण्ड्री वाल निर्माण हुने भएको छ ।
मधेस प्रदेशका प्रदेश सभा सदस्य माननीय अनिरुद्व कुमार सिंह यादवले एक कार्यक्रमको बिच मंगलबार बोदे बर्साईन नगरपालिकाको वडा नम्बर २ स्थित श्री रा प्रा विद्यालयको बाउण्ड्रीवाल शिलान्यास गरेका छन् ।
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै प्रदेश सभा सदस्य यादवले २५ लाखको लागमा निर्माण हुने बाउण्ड्री वालको शिलान्यास गरेका हुन्।
स्थानीयको अनुसार समाजिक बिकास मन्त्रालयको बिकास कोषबाट र प्रदेश सांसद अनिरुद्व कुमार सिंह यादवको पहलमा २५ लाखको लागतमा निर्माण हुने बाउण्ड्री वालको शिलान्यास गरेका हुन्।
प्रदेश स्तरीय बजेटबाट निर्माण भएको श्री रा प्रा विद्यालयको उपभोक्त समिती मार्फत निर्माण कार्य भइरहेको उपभोक्त समितिका अध्यक्ष कृष्ण देव साहले जानकारी गराउनु भयो।
उपभोक्त समितिका अध्यक्ष साहले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार लगायत हरेक कुराको व्यवस्था गर्न सम्पूर्ण सहयोगी हाथ र सम्बन्धित निकायसँग आग्रह गरेका हुन्। शिलान्यास कार्यक्रममा वडा अध्यक्ष राम प्रसाद राम , स्थानीय वासी , बिधालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post