राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।
विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको अख्तियारको दाबी छ ।
साहलाई २०७९ माघ ३ गते आयोगको टोलीले सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
नगर प्रमुख गुप्ता र इन्जिनीयर साहबीचको आपसी योजना तथा मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिइएको थियो ।
Discussion about this post