चैत्र ३ , सप्तरी : मधेसटप सम्म्वादाता
सप्तरी , । सप्तरीको बोदे बर्साईन सिमा क्षेत्रमा मदिराको तस्करी बढेको छ । सिमावर्ती सुरक्षाकर्मीको मिलोमतो मदिरा तस्करी मौलाएको हो । नेपालमा सस्तो पाईने मदिरा भारतमा मंहगोमा बेच्नका लागि स्थानिय तस्करहरु मदिरा अवैध रुपमा भारत निकासी गर्ने गरेका छन् ।
सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिकाको सुभरनपट्टि ,सोनापुर ,काचनको बैरयाही नाकाबाट रातीको समयमा मदिराहरु भारत छिराउने गरेको स्थानियले बताए । नेपालमा ५० मूल्यमा पाईने मदिरा भारतमा लगेर १०० देखि १५० रुपैया भारुमा विक्री हुने भएकाले तस्करहरु मदिराको कारोबारमा लागेका छन् ।
नेपालबाट भारतमा भित्राईने मदिरा भारतको बिहार अन्तरगत लौकही हुँदै फुलपरास , मधुबनी , दरभगा लगाएका ठाउमा विक्री वितरण हुने गरेको छ । भारतमा जताततै मदिरा नपाउने र मदिरा विक्री वितरण जोन बाहेक अन्त मदिरा सेवा गर्न नमिल्ने भएकाले भारतमा नेपाली सस्तो मदिरा सोफी, दिलखुस, कर्णाली , कस्तुरी जस्ता मदिारको अवैध निकासी हुने गरेको पाइएको छ ।
सिमा क्षेत्रमा खटिएका बोडर चेक पोस्ट सुरक्षाकर्मीको मिलोमतो रातको समयमा बोरामा प्याक गरि टाउकोमा बोरा राखी , साईकल र मोटरसाइकलमा लोड गरि विभिन्न सुस्ता लगायतका साना नाकाबाट मदिरा निकासी हुने गरेको छ ।
Discussion about this post