जनकपुरधाम । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवका श्रीमती चम्पा देवी चिन्तित भएकी छन् ।
शुक्रबार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा श्रीमान यादव विजयी भएपछि उनले एक लाखको भैसी ६० हजारमा बेच्न बाध्य भएपछि उनी चिन्तित भएकी छन् ।
सुरक्षाको दृष्टिकोणले उनको दैनिक दिनचर्यामा परिवर्तन आएपछि पनि उनी खिन्न छन् । उनले दिनहुँ विहान भैसी घरबाट बाहिर गर्नु, गोठ सफासुघर गर्नु, भैसीलाई दुहनु, भैसीलाई विहार पराल दिनु, पछि भूस मिलाएर खान दिनु उनको दिनचर्या थियो ।
विहान उठ्ने वितिकै चम्पा आफ्नो घर आंगनको सरसफाइ र आफ्नो नियमित कर्म गर्नु भन्दा पहिला उनी सुतेर उठेपछि गोठ तिरनै दगुर्ने गर्थे । नवनिर्वाचित उपराष्ट्रपतिको राजनीतिक यात्रामा त्यो भैसी र चम्पा दुवै महत्वपूणर् रहेको उनका मित्रहरुको भनाइ छ ।
गोठको काम सकेपछि उनी आफ्नो नियमित कर्म गर्नु पछि घरको काममा सक्रिय हुनुले उपराष्ट्रपति यादव भित्र देखि प्रसन्न हुनु स्वभाविक थियो तर, श्रीमतीको व्यस्तता देखेर उनी कतेकौ पटक दुखी हुने गरेका थिए । तर, यादव खुशी छन् तर, उनका श्रीमती दुखी छन् । उनी शुक्रबार नै पैत्रिक गाउँबाट काठमाण्डु पुगेका छन् । शुक्रबारनै उनले एक लाखको भैसी ६० हजारमा बेचेर काठमाण्डु पुगेका उनका नातेदारहरुले जानकारी दिएका छन् ।
चम्पा स्वभावले सरल र सहज रहेकै कारण गणित विषयका शिक्षक यादव आफ्नो राजनीतिक यात्रा तय गर्न सफल भएका थिए । उनको स्वभावले उपराष्ट्रपति यादव प्रभावित थिए । चम्पाको साथ र सहयोगले उनी आफ्नो राजनीतिक यात्रामा पूणर् विराम लगाउने सोच कहिले काही आए पनि उनी रुकेन ।
चम्पा आज चिन्तित छन् । उनले वर्षौ विताइ सकेकी गाउँवाट आज उनी विदा हुदैथिइन् । दिनहुँको कामकाज सकेर खेतमा संगै काम गर्ने साथीहरुबाट टाढा हुँदा उनको आँखा रसिएको थियो । श्रीमान् उपराष्ट्रपति हुनुको खुशी र गाउँ छोड्नु परेको दुःख संगैले चम्पामा नत हर्ष नत विस्मय थियो ।
चम्पालाई गाउँमा सबैले माया गर्ने र उनीबाट कसैले कहिले पनि झै झगडा नगर्ने महिलाको रुपमा चिन्हिन्थ्यो । गाउँ घरमा छिमेकीहरु संग झै झगडा हुनु स्वभाविक मानिए पनि उनको स्वभावबाट पनि उपराष्ट्रपति यादव हरेक उतार चढाव आत्मसात गर्दै आफ्नो लक्ष्य पाउन सफल भए ।
राजनीतिक यात्रामा चम्पाका श्रीमान उपराष्ट्रपति यादव एक पटक सानो समयका लागि मन्त्री भए भने अहिले उनी उपराष्ट्रपतिमा विजयी भए ।
चम्पालाई उपराष्ट्रपतिको हैसियत पनि थाहा नभएका कारण अहिले उनी के भयो भनेर बुझ्न पनि सकेकी छैनन् । उनलाई काठमाण्डु जानका लागि लिन आएकाहरु संग जानु पर्छ भनेर छिमेकीहरुले भनेपछि उनी भावुक भएकी थिइन् ।
गाउँलेले तिम्रो सुरक्षाकोलागि उनीहरु आएको हो भनेपछि चम्पा सुरक्षा समेत बुझ्न नसकेपछि गाउँलेहरुकै भनाइ र श्रीमान उपराष्ट्रपति यादवले भनेपछि उनी काठमाण्डुको यात्रा तय गरेको उनका एक गाउँलेले बताए ।
Discussion about this post