राजविराज : सप्तरी प्रहरीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ स्थित खाडो खोला नजिकबाट पेस्तोलसहित दुई जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका २ महुवा बस्ने २८ वर्षिय सोनु राय र राजविराज १ डुमरी बस्ने २८ वर्षिय रोशन यादव रहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ्ग टोलीले चेक जाँच गर्ने क्रममा कम्मरमा इलासटिकले बाधी राखेको अवस्थामा मेड इन युएसए र अर्को पट्टी चाइना लेखिएको अटोमेटिक म्यागजिन सहितको एक थान पेस्तोल बरामद गरेको छ।

पक्राउ परेका रायसँग प्रारम्भिक सोधपुछ गर्दा रोशन यादवले उक्त पेस्तोल आफूलाई दिएको बयानपछि रोशनलाई पनि नियन्त्रणमा लिई घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।