उमेश कुमार साह
बोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख आतेश कुमार सिंहले जानकारी दिए ।नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी,सशस्त्र प्रहरी , ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले अतिक्रमण भएको स्थानको पहिचान गरी सो कार्यमा खटिएका छन् ।
उनका अनुसार बोदे बर्साईनको शत्रुध्न चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकोमा सबै भन्दा बढी दुर्घटनामा पर्ने सुभरनपट्टि बोडर सडक सम्म अभियान सञ्चालनलाई निरन्तरता गरिने भएको छ । नगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै पटक पटक सूचना जारी गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेपछि डोजर चलाउनु परेको नगरप्रमुख सिंहको भनाइ थियो ।
सडक पेटी र नाला कब्जा गरेर व्यापार , घरको समाग्री उपयोग गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले बताए। यो अभियानले नगरको ट्राफिक व्यवस्थापन पनि सुदृढ हुने उनको भनाइ थियो ।
Discussion about this post