MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कसले बुझि दिने आमाको वेदना

मधेशटप by मधेशटप
२०८० श्रावण २१, आईतवार १६:१३
0
‘मैथिली भाषा सङ्कटमा’

हिमाँशु चौधरी

चन्दा मामा आ रे आ ,चानीके बाटी ला ,चानीके बाटीमे दूध – भात लेने आ

बौआके मुँहमे घुटुक ………… …………..

( मामा चन्द्रमा , छिट्टै आउ , चाँदीको कचौरामा दूध- भात लिएर आउ , बाबुको मुखमा घुटुक्क )

गणतान्त्रिक यात्राको सन्दर्भमा मधेश प्रदेशको स्थिति , सफलता , उपलब्धिको विश्लेषण गर्दा माथि उल्लेख गरिएको मैथिली गीतझैं कारूणिक रहेको अनूभूति आमनागरिकको पाइन्छ ।

गीतको पृष्ठभूमि र भावको प्रसङ्ग एउटी स्तन सुकेकी आमासंग सम्बन्धित छ । आमाको स्तन सुकेका कारण बच्चालाई स्तनपान गराउन पाइरहेकी छैन , बच्चा रोइरहेको छ , आमालाई बच्चाको रोदन असह्य हुन्छ अनि चन्द्रमासँग गुहार गर्छिन- ए चन्दा तिमी आउ , चाँदीको कचौरामा दूध – भात लिएर आउ , तिमीले ल्याएको दूध भातले बच्चाको भोक पूरा गर्नेछु भनी आशा , वेदना , आतुरता , आकाङ्क्षा रहेको छ । स्तन सुकेकी आमाको काखमा रहेको बच्चा आमाको यही गीत सुन्दा – सुन्दै निदाउँछ , तर आमालाई बच्चा ब्युझैपछि के होला भनी चिन्ता सताइ रहेको हुन्छ ।

यो गीत कुनै नयाँ गीत होइन , वर्षौदेखि सुनिदै आएको गीत हो , गीतमा विपन्नता , अभाव , वस्तुस्थिति , जीवन स्तर,सामाजिक संरचना , परिवेश , क्रन्दन , पीडा , पछौटेपन र जीवनचक्रको यथार्थ छ । मधेश प्रदेशको सन्दर्भमा गणतन्त्र यस भूखण्डवासीका लागि साकार रूप भए पनि आर्थिक , सामाजिक , पूर्वाधार विकास ,मानव विकासको अवस्थामा सङ्घीय गणतान्त्रिक अनुरूपको चरित्र , संविधान , व्यवहार, अवसर , उपलब्धतामा व्यापक असन्तुष्टि देखिन्छ । प्रदेशवासीको जीवनले खोजेजस्तै नयाँपन र न्यायिकता छैन, केन्द्रीकृत परम्परगत साँघुरो पहिचानको वर्चश्व कायमनै रहेको छ ।

०६२ / ०६३ को लोकतान्त्रिक आन्दोलनको समाप्तिपछिका संक्रमणकालीन दिनमा राज्यमा देखापरिरहेका अलमल , अस्पष्टता र शक्तिकेन्द्रहरूबीचका तानातान , संविधानको संशोधनमा गणतन्त्र र संघीयताको प्रत्याभूति , क्रमिक रूपले प्रदेशसम्मको यात्रामा प्रदेशवासीले उठाएका सम न्याय र सम विकासको मागको सम्बोधन कसरी हुने र कहिले पूरा हुने हो ? भविष्यकै गर्भमै लुकेको अनुभूति भइरहेका कारण वर्ग , समूह र लिङ्गको सकारात्मक रूपान्तरणको प्रवाह मन्द देखिएको छ । त्यसले गणतान्त्रिक यात्रा ,संघीयताको भविष्यप्रति अविश्वासको बीज भर्ने काम भइरहेको छ ।

इतिहासमा विभिन्न गणराज्यको अनुभूति गरेका यस भूखण्डका वासिन्दा गोरखा राज्यको विस्तारसंगै गोरखा राज्यको अंशको रूपमा रहन बाध्य भयो । सुगौली सन्धि यता यो भूखण्ड प्यारो तर यहाँका वासीलाई विरानो ठान्ने सामन्ती राज्यसत्ताको संस्कृतिको दुव्र्यवहारको शिकार बन्नुपरेकाले यो भूखण्ड सम्पन्न भएर पनि यहाँका रैथानेवासी समुदाय पराया , गरिब र रैति जस्ता भए । यसै पृष्ठभ्ुमिमा रैतिबाट मुक्त हुँदै स्वतन्त्र जीवन जीउने ध्येयमा यस क्षेत्रका वासिन्दाले केन्द्रिकृत र सामन्ती राज्यसत्ताको विरोधमा आफूलाई लामत्रद्ध गरेका इतिहासहरू छन् । राणा शासनको अन्त्यका लागि गरिएको आन्दोलनको अगुवाई गर्ने श्रेय पनि यस भूखण्डवासीको छ ।

प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाले भूखण्डवासीको गरिबी, अधिकारविहीनता, तानाशाही कदम विरूद्धमा राजा महेन्द्रमाथि जानकी मन्दिरमा परिसरमा बम प्रहार , गणतान्त्रिक नेता रामराजाप्रसाद सिंह , मधेश मुद्दाका उन्नायक गजेन्दनारायण सिंह , उपेन्द्र यादव , महन्थ ठाकुर , राजेन्द्र महतो लगायतका अगुवाहरूको पे्ररणा र नेतृत्वमा मुक्तिको आन्दोलनको परिणाम अधिकारको जागरण अभियान अन्तर्गतको सङ्घर्षमा वलिदानीको इतिहास नमनकारी रहेको छ । यद्यपि कतिपय अगुवामा सत्तामा वस्ने मोहले नमनकारी भूमिका द्विविघामा परेको उदाहरण पनि छन् । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ ,प्रदेश र स्थानीय तह गरी तीन तहको गरेको व्यवस्था अनुसार यस प्रदेशका १३६ वटा स्तानीय तहमा यस भूखण्डवासीको अधिकारको आवाज र माग सम्बोधनका लागि सङघर्ष गरेका अनुहारहरू नेतृत्वको अभिभारा जनस्तरबाट पाएका पनि छन् । नेपालका प्रदेशमध्ये भौगोलिक रूपमा सबैभन्दा सानो भए पनि जनसंख्याको हिसावले दोस्रो ठूलो प्रदेशका रूपमा रहेको छ ।समथर उर्वर भूमि पर्याप्त रहेको , सांस्कृतिक विविधताले सम्पन्न र भौगिलिकरूपले सुगम तथा अन्तर्राष्ट्रिय व्यापारका हिसाबले सहज हुँदाहुँदै गणतान्त्रिक मूल्य मान्यता अनुहारको केन्द्रीय आचरण नभएका कारण प्रदेश हाल पनि अधिकारविहीनको अवस्थामा देखिन्छ ।

विश्लेषक चन्द्रकिशोरका अनुसार गणतान्त्रिक गोरेटो सही भए पनि मन्द गति र गन्तव्यमा अस्पष्टताका कारण प्रदेशमा अन्योलता देखिएको छ । उनको विचारमा संरचना हाल पनि पुरातन छ ,केन्द्रिकृत मनोविज्ञानका कारण गणतन्त्र अन्यमनस्कको अवस्थामा रहेको छ । गणतान्त्रिक यात्राका क्रममा सङघीयताको खोज र स्थापना मूतिmको खोज मानिन्छ तर न्यायोचित वितरण ,नीतिगत , कानूनी , संस्थागत एवं व्यवस्थापकीय प्रबन्ध केन्द्रीयताको चपेटमा परेका कारण यस प्रदेशका सन्दर्भमा गणतान्त्रिक यात्रा एउटी स्तन सुकेकी आमाको क्रन्दनझैं भएको देखिन्छ ।

विगतमा भूखण्डवासीको पहिचान र समानताको हक अधिकारको सवाल , राज्यसत्तामा समानुपातिक सहभागिताको सवाल , पहुँचको सवाल , आफ्नो लागि आफैबाट शासनको सवाल ,नागरिकताको सवाल , जातीय तथा लैङ्गिक भेदभावको सवाल , न्यायपूणर् भूमिव्यवस्थाको सवाल , प्राकृतिक स्रोतसाधनमाथि स्वामित्वको सवाल र अल्पसंख्यकहरूको अधिकारको सवालको सम्बोधनका लागि पहल सन्दर्भमा कतिपय गणतान्त्रिक यात्राका सारथीहरूले इमानमा प्रश्नचिन्ह सिर्जना गरेका कारण गणतन्त्रको अनुभूतिका लागि समग्र मधेशवासी अहिले भोकले छटपटाइ रहेकी स्तन सुकेकी आमाको बच्चाझै जीवन गाथा बनेको छ ।

प्रदेशका नागरिकको जीवन निर्वाहको आधारका रूपमा रहेको कृषि क्षेत्र परम्परागत र गुजारासम्म नहुने अवस्थामा रहेकाले नागरिकको आर्थिक एवं सामाजिक अवस्था कमजोर छ । अपर्याप्त एवं भौतिक पूर्वाधार , सडक , सिंचाइ , अव्यवस्थित शहरीकरण , फोहरमैलाको उचित व्यवस्थापनको कमी , कमजोर जनचेतना स्तर , भएका स्रोत र सम्पदाको उचित व्यवस्थापन र प्रयोगमा कमजोरीका कारण प्रदेशको शासन संचालन समस्याबाट आक्रान्त छ । मुक्तिका अगुवाको वर्चश्व भए पनि कपटपूणर् व्यवहारको पासोबाट निस्किन पाइरहेका छैन् । केन्द्रमा सरकारमा सहभागी हुने मोह भंग भएको छैन भने प्रदेशमा मुख्यमन्त्री , मन्त्री दलीय सहमति अनुसार बाँडफाँटको चक्रव्यूहमा दिनप्रतिदिन अल्झिदै गएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको गणतन्त्र र संघीयता भनिए पनि केन्द्रियता हावी भएकाले यसको अनुभुति गराउने कार्य जटिल भएको आशय पटक पटक सुनिन्छ । प्रदेशमा श्रमजीवी किसान तथा मजदुरको बाहुल्य भए पनि आत्मनिर्भर भएको छैन् ,जनशक्ति विदेश पलायन भइरहेका छन् , भूमि मरूभूमि हुने हो कि ? चिन्तासँगै गणतन्त्र र संधीय चरित्रको जीवन दर्शन , व्यवहार , ऐन , कानून , व्यवस्था , आर्थिक , सामाजिक क्रियाकलाप , उत्पीडनको अन्त्यका लागि सबैमा परिवर्तनको आवश्यकता र मनोविज्ञानको विकासको अपरिहार्यलाई मुख्यमन्त्रीले जोड दिने गरिएको पाइन्छ ।

विश्लेषक तुलानारायण साह गणतन्त्र र संघीयता भनिए पनि आचरण र व्यवहार पुरानै छ , संविधान गणतान्त्रिक भावना अनुरूप हुन सकेको छैन , यो अवस्थामा व्यवहारिक धरातल गणतान्त्रिक भावना अनुरूप बनाउनु आवश्यकता औल्याउँदै विगतमा लोकतान्त्रिक प्रणाली भनिएको छ तर व्यवहार अलोकतान्त्रिक भएको इतिहास साक्षी भएकाले अब पनि त्यस्ता मनसायलाई जीवित राख्यो भने गण्तन्त्रमाथि खतरा आउन सक्ने संभावनालाई पनि उनले नकार्न सकिरहेका छैन ।

गणतन्त्र र संघीयता यस प्रदेशको सन्दर्भमा नयाँ युगमा प्रवेश हो , एकताको नयाँ आधार हो , एउटा हुकुमशाही ढल्दाको जनताको स्वतन्त्रताको अनुभूति पनि हो , संघीयताको यात्रा यस क्षेत्रको उपलब्धिको काल र अंग हो तर खाँचौ छ स्तन सुकेकी यस भूमिकी आमाको वेदना बुझि दिने सारथीको । सहकारिता , सहअस्तित्व र समन्वय बुझि दिने अभियन्ताको ।

Previous Post

सुरक्षा अधिकारीको बैठक सम्पन्न

Next Post

कामदार भिसामा नेपाल आए ३ हजार ६६२ विदेशी

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण २१, आईतवार १६:१३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण २१, आईतवार १६:१३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण २१, आईतवार १६:१३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण २१, आईतवार १६:१३
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०८० श्रावण २१, आईतवार १६:१३
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट
Banner News

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

२०८० श्रावण २१, आईतवार १६:१३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति