२०८० भदौ २, शनिबार

उमेश कुमार साह

बोदे बर्साईन । जिल्लाभरीमा फोटो स्टुडियोहरूको स्तर बढाउन जिल्लाभरीको स्टुडियोहरूमा अनुगमन थालिएको छ ।

शनिबार सप्तरी फोटोग्राफर परिवार सँघले जिल्लाका स्टुडियोहरूको अवस्था र क्षमता अभिवृद्धिका लागि तथा स्टुडियो मापदण्ड बमोजिम संचालन भए नभएको बारेका जानकारी लिएका छन ।

सप्तरी फोटोग्राफर सँघका अध्यक्ष रमेश कुमार राउतको अगुवाइमा जिल्लाको बोदे बर्साईन नगरपालिकामा रहेको राउत डिजिटल फोटो स्टुडियो , श्री गणेश जी डिजिटल फोटो स्टुडियो,खुश्बु मोबाइल पसल एन्ड फोटो पसल , सुप्रिया जेनेरल स्टोर एन्ड फोटो पसल लगायतका स्टुडियोहरूको अनुगमन गरी भिडियो सम्बन्धी वर्कसप तालिममा सहभागी हुन आग्रह गरेको छ ।

यता फोटो ग्राफर सँघले भदौ २३ गते देखि ७ दिने फोटो एवं भिडियो सम्बन्धी वर्कसप तालिमको आयोजना गरिने अध्यक्ष रमेश कुमार राउतले जानकारी दिए ।

उक्त अनुगमनमा फोटो ग्राफर सँघका पदाधिकारी सहित स्टुडियो संचालकहरूको सहभागिता रहेको थियो ।