- प्रवेश चौधरी
मुलुक संविधान ऐन, कानुन बिधि बिधान अनुसार चल्नुपर्छ । निर्दोष फस्नु हुदैन दोषी छुटनु हुदैँंन भन्ने मुल सिद्धान्तको अनुसार राज्यका शान्ति सुरक्षाका प्रशासनिक निकायहरुले अमल गर्नुपर्ने मूल्य मान्यता अन्तर्गत शान्ति सुरक्षाका जिम्मेवारी बोकेका प्रहरी निकायका आफ्नै किसिमका काम कर्तव्य र दायित्वहरु रहेका छन् ।
सो दायित्वहरु कानुनी परिधिभित्र नै रहेर पूरा गर्नुपर्ने हुन्छ। कानुनको परिधिबाट बाहिर कोइ पनि जान सक्दैनन् । तर आरती साहको मृत्युलाई लिएर सत्य तथ्य खवरहरु आउन सकेका छैनन ।
सनसनी खेज रुपबाट सुनियोजित रणनीतिका तहत आधारहरु खडा गराउदै राजनीतिक स्वार्थ पूरा गर्न राजनीतिक नेतृत्वले प्रहरी नेतृत्वको विरुद्धमा प्रतिशोध साध्ने एउटा राम्रै हत्कण्डा अपनाएको छर्लङ्ग देखिन्छ।
घटना विवरण अनुसार आरती साह झुन्डिएको अवस्थामा देखिन्छन् । ढोका फुटाइन्छ। हतार हतारम काव्य नर्सिङ होम पुर्याइन्छ। उनको मृत्यु भइ सकेको घोषणा हुन्छ। पोस्टमार्टम हुन्छ। दाह संस्कार गर्न स्वर्गद्वारी पुर्याइन्छ।
अन्त्येष्टिको लागि चितामा राखिएको शवलाई पर्सा जिल्लामा बलात्कार मुद्दामा पक्राउ परेका मृतकका मामा सन्तोष साह दाह संस्कार स्थलमा पुग्दछन । चितामा सुताएको शबलाई बाहिर निकाल्दछ्न ।
शवलाई लिएर जिल्ला प्रहरी कार्यालयको गेटमा पुर्याउदछन र दवाब सृजना गर्दछ्न । र प्रहरीलाई मृतकका सासू,ससुरा नन्द, लोग्ने ,देवर सबैलाई समातेर कर्तव्य ज्यान मुद्दा चलाउन भन्छ्न। तर प्रहरी कति विवश र कति निरिह हुँदोरहेछ। एकातिर घटना स्थल र सबको प्रकृतिले झुण्डिएर आत्महत्या गरेको देखिएको छ।
अर्कोतर्फ मारेर झुण्डाएको आरोपमा आरोपितहरुलाई समाउन शवमाथि राजनीति प्रारम्भ गरिन्छ। लासलाइ जिल्ला प्रहरी कार्यालय पछि शवगृह पुर्याइन्छ। शवलाई चितामा , जिल्ला प्रहरी कार्यालयमा, शवगृहमा गर्दै पटकपटक ल्याउदा लैजादा प्रचण्ड गर्मीमा फुली सकेको शवमा उठापटकले गर्दा केहि ठाउँमा निलो चिन्ह देखा पर्द्दछ्न। त्यस चिन्हलाई लिएर फोटोहरु बनाईन्छ ।सामाजिक सञ्जालमा संप्रेसन गराइन्छ ।
हुलाकबाट मुद्दा दर्ता गराईन्छ।मृतकका लोग्ने ससुरालाई प्रहरीले समात्दछ। पुर्पक्षका निमित्त कारागारमा पुर्याइन्छ । रातारात मृतकका सम्पुणर् परिवारहरुलाई माइतीघर मण्डलामा पुर्याईन्छ। धर्नामा बसाइन्छ। तर हुलाकबाट दर्ता गराइएको निवेदन सनाखत गर्न प्रहरीबाट वाराम्बार बोलाउदा पनि न आएर प्रहरी नेतृत्वहरुको राजीनामा माग्न थालिन्छ। धर्नाको दवाबमा राजनीतिक स्वार्थमा डुवेका नेताहरूद्वारा केन्द्रीय स्तरमा छनविन समिति गठन हुन्छ।
छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाइ सकेपनी धनुषा प्रहरीले अनुसन्धान कार्य जारी राखी बारह पन्द्र जनासंग सोधपुछ गरेर मृतकका ससुरा र पतिलाई पुर्पक्षका लागी सिन्धुली कारागारमा पठाइन्छ ।
यस पश्चात् मृतकका देवर र बहिनी विरुद्ध पनि जाहेरी परेपछि माइतीघर मण्डलामा अनसन बसेका पीडित पक्षका परिवारलाई सनाखत गर्न बोलाउदा यहीँ आएर सनाखत गराउन आशयको प्रहरीलाई जवाफ आउँछ।
यसरी विधि बिधानलाई छाडड्दै निणर्यहरु हुन थालेमा प्रहरीले निष्पक्ष रुपमा आफ्ना काम कर्तव्यहरु पूरा गर्न सक्लान र ? सोचनीय बिषय हुन पुगेको छ। दवाबमा विधि बिधान भन्दा माथी उठेर गरिने गरिएका निणर्यहरले मुलुकलाई कतातिर डोर्याउने हो गम्भीर प्रश्न उत्पन्न भएको छ।
Discussion about this post