तीन थरिका जिज्ञासा उब्जनु अस्वभाविक होइन । एउटा मैले भनेको कुरामा विश्वास राख्ने, अर्को मैले भन्नु भन्दा पहिलादेखि मेरो कुरामा विश्वास नराख्ने अठोठ गरिसकेका र त्यसै अनुरूप पूर्वस्वचालित( मजबूर जिज्ञाशा),र अन्तिम जसले मेरा कुरा, कर्म र मैंले गर्दै गरेका मेरा सबै राम्रा/ नराम्रा जति कार्यको लेखाजोखा गर्दै विश्वास राख्ने मनोवृत्ति ।
यी त तपसिलका जिज्ञासाहरू भए । यी बाहेकका जिज्ञाशा जसको खोजीमा म स्वंय भौंतारिने गर्दै गरेको हुन्छु – जिज्ञासा जसको कर्मले बोलोस्, र कुकर्मले अन्तर्मन हल्लियोस् । जिज्ञासा हुनु राम्रो , मेटिनु राम्रो तर सदैवको त्यसको मूल खस्किनु मृत समान हुनु हो । जिज्ञाशा हुनु त आफ्नो हुनु, मनका हुनु, पवित्र हुनु । अरूको जिज्ञाशा हुनु त सुकर्मका हुनु । कुकर्मका जिज्ञासाको निन्द आफै हराम छ, हुँदै रहने छ ।
मेरा विद्यार्थीदेखि जवानीका यात्राका जिज्ञासाहरू मेरा अन्तरात्माका विवेकपूणर् जिज्ञासाहरु रहेकोमा म त्यस्मै आन्नन्दित छु ।
सायद त्यसले दल हुन सकिन, र आफ्ना जिज्ञाशालाई कुनै दलबलको प्रभावले हनन हुन् दिइन्। अझै एक स्वविवेकले ठम्याएको गलत विरुद्ध , झुठ विरूद्ध, ठग विरुद्ध , भडकाउने विरुद्ध , स्वार्थ सिद्ध गर्नेहरू विरुद्ध, जालझेल गर्ने विरुद्ध, हेप्ने विरुद्ध, मार्कामा पारेकाको एक्लोपन विरुद्ध सधैं निस्कोंच आवाज उठाएको छु, ती मेरा आत्माले जुराई दिएका जिज्ञाशा हुन, जसले हर समय भित्र आत्मविश्वास पैदा गर्छ, र त्यस यात्राका सहपाठी हुनुमा गर्व गर्छ । मानव शरीर त्यति भर पर्न नसके , कुनै भवन कामको न काजको ।
चाहें त्यो बालुवाटार होस् । अथवा मधेस भवन । जिज्ञासाले ओली प्रवृतिको विरोध गर भन्यो, ओजपूणर् सभामा समर्पित लुज फोरम मार्फत नै त्यो शंखनाद भयो । विजुली बत्ती होस् अथवा कसैले बेहोर्नु परेको अन्यायको ऋंखला जहाँ सरकार र शोषकले हातेमालो गरेको हुन्छ त्यहाँ मेरा शक्तिले सक्ने जत्तिको सहयोग गरेको छु,।गर्नेछु ।
त्यसको निम्ति कुनै सहिदको नाउँ बेचेको छैन। न कसैसँग कोटेश्नको कमिशन वा कुनै रोजगारको अवसर । खाने मुखलाई जुँगाले छेक्दैन । सानो जुँगाले छेक्नु जुँगा जुँगा सरह भए पो । अंतरात्माको जुँगाले जब छेक्छ जिउनु मरन समान हुन्छ ।
उतिखेरका प्रवृति विरुद्ध पनि र अहिलेका आफै भित्रका प्रवृति विरुद्ध लड्दा पनि , जिज्ञासा तीन तह मात्र भेट्टाए, दोस्रो तह उठेको भान भएन । यो तह न उठ्दासम्म हामी अर्थात मधेसभित्र लाचारी रहिरहनेछ ।
आफ्नै निम्ति नभए पनि भर्खर जन्मेका आफ्ना संतान अथवा विद्यालय पढ्न गएका सन्तान जाँदा ल्याउँदा देख्नु परेको उनको निरिह भविष्य जति उफ्रिए पनि…!
घरमा रहेको गृहिणीको संकुचन आदि हेरेर पनि सबैले भविष्यमा मधेश -३ जस्तो दिन देख्नु नपरोसको निम्ति सहिलाई सही र गलतको विरोध आफै भित्र बाट नभएसम्म हुन्न । त्यस्मा पनि विभिन्न अवसरमा आफ्नो जवानी बन्धकी राखेर त सम्भव नै छैन, उज्ज्वल भविष्य ।
बाँकी मधेस आन्दोलन हामी सबै मिलेर गरेका थियौँ , त्यो मिलेर पनि कति पायौं कति गुमायौं भन्ने अन्तस्करणलाई बोध छ होला ।
त्यो हुँदा हुँदै नेताजी सही बाटो देखाउ र आफु आफ्नो परिवार सन्ततिको रक्षार्थ बोल्ने बानी बसालौं । फेरि पनि त्यहि कस्तिको यात्रा अवश्य नै हिँड्नु पर्नेछ । त्यस अघि आत्मविश्वास र अन्तरात्मा पवित्र हुन जरुरी छ ।
अर्थात नेता लट्ठ हुँदैमा आफु अधिकार पाए भन्ने झनै मस्त लठ्ठिनु हुन्न ।
जय देश, जय मधेस, जय तराई, पहाड, जय हिमाल! शुभ दिन!!
Discussion about this post