उमेश कुमार साह
राजविराज, २४ भदौ ।
संगठन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै जनता समाजवादी पार्टी बोदे बर्साईन नगरपालिकाको बृहत भेला सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल बोदे बर्साईन नगरपालिकाका नगर अध्यक्ष अरुण कुमार यादवको अध्यक्षता तथा जसपा नेपालको केन्द्रिय कार्यकारिणी समिति सदस्य मधेस प्रदेश इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य मा.मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका विच नगर स्तरीय बृहत भेला सम्पन्न भएको हो । भेलाले बोदे बर्साईन नगरपालिकामा क्रियाशिल वडा समिति, विभिन्न भातृसंगठनको गठनपुर्नगठन तथा पार्टी क्रियाशिल सदस्यता र पार्टी सदस्यता विस्तार गर्ने लगायतको निर्णय गर्दै भेला सम्पन्न भएको अध्यक्ष यादवले जानकारी दिए ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ बोदे बर्साईन धर्मशालामा आयोजित भेलामा पार्टीका महिला केन्द्रिय सदस्य डा. बबी सिंह, गिता यादव , मुस्लिम केन्द्रिय सदस्य मोहम्मद गफुर , प्रदेश समिति सदस्य दिनेश कुमार यादव, जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर यादव, बोदे बर्साईन नगर उप प्रमुख रेनु कुमारी साह , सप्तरी ४ (ख) को क्षत्रीय अध्यक्ष अरबिन्द कुमार यादव लगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतका बोदे बर्साईन नगरपालिका अन्तर्गतका विभिन्न वडाका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै महिला केन्द्रिय सदस्य डा . बबी सिंह यादवले हाम्रा नेताहरु सुन काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्डमा नमुछिएकाले माननीय उपेन्द्र यादव अव देशको हिरो हुदैछ , भन्ने त्रासका कारण गौर घटनाको बाहाना निकालेको जिकिर गर्नुभयो नेता यादवले गौर घटना विशुद्ध राजनीतिक घटना भएको भन्दै त्यसलाई राजनीतिक नजरले हेर्न जरुरी भएको बताउनु भयो । नेता यादवले देशमा मधेशी जनताको हक हितमा आफूहरु गम्भिर रूपमा आवाज उठाईरहेको आशय प्रकट गर्नु भएको थियो।
जसपा बोदे बर्साईन नगरपालिका नेताकार्यकर्ता सुरेन्द्र प्रसाद यादव द्वारा संचालित कार्यक्रममा स्वागत नगर उपप्रमुख रेनु कुमारी साहले गरिन ।
Discussion about this post