MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

'दलीय आग्रह छोडेनौं भने जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्छ'

मधेशटप by मधेशटप
२०८० आश्विन २०, शनिबार १६:५३
0
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन् । उनले सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा गर्न लागेको जानकारी दिएका हुन् ।

राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ-आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरूले सचेत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

राजीनामाबारे उनले भने, ‘मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’

प्रदेशसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दलहरू मिलेर गएनन् भने मध्यावधि अवश्यम्भावी रहेको बताए । आर्थिक, सामाजिक र राजनीतिक कुनै पनि अवस्थाले कोशी प्रदेशसभाको मध्यावधि निर्वाचनको माग नगरिरहेको पनि उनको भनाइ थियो । उनले प्रदेशसभामा रहेका राजनीतिक दलहरूले केन्द्रको आदेश कुर्दा समस्या भएकाले प्रदेश संरचनामा नै रहेका नेताहरूले निर्णय लिनुपर्ने बताए ।

‘कुनै पनि राजनीतिक दललाई बहुमत प्राप्त छैन । राजनीतिक दलहरूबीचको सहकार्यबिना यस प्रदेशको राजनीतिक निकास निक्लिन सक्दैन । हामीले अझै बढी आफ्ना आग्रहलाई थोपर्‍यौं, आफ्ना आग्रहमा मात्रै बल गर्दै गयौं भने केही महिनाभित्र मध्यावधि निर्वाचनमा जानुपर्छ । यो मध्यावधि निर्वाचन जनताको माग होइन, जनताको चासोको विषय होइन,’ उनले भने, ‘एक त प्रदेश संरचनाप्रति आलोचना र टिप्पणी छ । आजै यहाँ हामी बसिरहेका बेला बाहिरपट्टी विराटनगरमा प्रदेश संरचना खारेजीको मागसहित नाराजुलुस लागिरहेको छ । अनि हामीले यो कुरालाई बिर्सिएर, कानमा तेल हालेर, यो मात्रै ठीक भनेर हिँड्यो भने जनताले आलोचना गर्नेछन् । त्यसैले जनताले निर्वाचन चाहेका छैनन् ।’

मुख्यमन्त्री कार्कीले यसबीचमा जानेर वा नजानेर कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताए । ‘हामीले दलको स्वार्थ वा हितका लागि गर्दा कहिलेकाहीं राजनीति जटिल मोडमा जान सक्छ । हामीले कदम चाल्दै गर्दा ठीक गर्दै छौं कि गलत गर्दैछौं भन्ने कुरा सोच्नुपर्छ भन्ने घटनाक्रमले देखाएको छ,’ उनले भने ।

प्रदेशको राजनीतिलाई सहीमार्गमा लैजान एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको पनि मुख्यमन्त्री कार्कीको भनाइ थियो । ‘एमालेले कस्तो त्याग गर्दा सहमति, सहकार्यको अवस्था सिर्जना हुन्छ, तत्काल मध्यावधि निर्वाचन रोकिन्छ त्यसका लागि एमाले दुई हात उठाएर सहयोग गर्न तयार छ । अरु दलहरू पनि त्यो ढंगले आउनुपर्‍यो,’ उनले भने । कान्तिपुर

Previous Post

मुख्यमन्त्री र अर्थमन्त्रीबीचको विवादले कर्मचारी तथा सांसदले पाएनन् तीन महिनादेखि तलब

Next Post

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० आश्विन २०, शनिबार १६:५३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० आश्विन २०, शनिबार १६:५३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० आश्विन २०, शनिबार १६:५३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० आश्विन २०, शनिबार १६:५३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० आश्विन २०, शनिबार १६:५३
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० आश्विन २०, शनिबार १६:५३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति