• सरोज मिश्र

आफ्नो उत्तरदायित्व आफ्नो जिम्मेवारी आफै नबुझ्ने प्रबृत्ति ब्याप्त छ।

प्रायः जनगुणासो, विरोधाभाष भए पश्चात मात्र काम गर्ने चलन शुरू देखी कै बानी रहेको शिद्ध भएको छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा इरिक्सा टैम्पो आतंकले जनता आजिज छन।

पटक पटक सामाजिक संजालमा लेखेर ध्यानाकृष्ट गराए पश्चात इरिक्सा ब्यवस्थापन सम्बन्धी राजपत्र जनकपुरधाम उप महानगरपालिकाले तैयार गर्यो।

त्यो तैयार गरेको महीनों बीती सक्दा पनि हाल सम्म कार्यानबयन नभएको अवस्थामा सरोज मिश्रा मासले आफ्नो फेसबुक वालमा मेयर मनोज साहको ध्यानाकृष्ट गराएका छन।

श्रोतका अनुशार भोली इरिक्सा ब्यवस्थापन एवं कार्यानबयन सम्बन्धी बैठक डाकेको जानकारी प्राप्त भएको छ।

म्यूजिकल एवं प्रेसर हर्न आतंकले जनकपुर नगर क्षेत्र आतंकित सँगै ध्वनि प्रदूषण को चपेटमा थियो। त्यस बिरुद्ध पनि सरोज मिश्रा मासले पटक पटक आफ्नो फेसबुक बालमा लेखेर ट्राफिक प्रमुखको ध्यानाकर्षण गराए तर पनि प्रभावकारी ढंगले काम कारबाही अगाड़ी नबढेको देखेर पुनः जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख लाई सरोज मिश्रा मासले खुल्ला निवेदन पत्र लेखे।

आज बल्ल धनुषा ट्राफिकको फेसबुक वालमा कारबाही अगाड़ी बढेको स्टेट्स सहित फोटोहरु हेर्न पाइयो।

कानून सम्बत एवं जनहितका बिषयहरु को लागि निरंतर रुपमा सक्रियता पुर्बक सामाजिक संजालको प्रयोग गर्ने पात्र सरोज मिश्रा मासको स्टेट्स र ब्यंगले प्रभाव परेको स्पष्ट हेर्न सकिन्छ।