उमेश कुमार साह
१४ कार्तिक : मंगलबार
सप्तरीको हुलाकी राजमार्गमा दुर्घटना न्युनिकरणका लागि सप्तरी ट्राफिकद्वारा रातिको समयमा भित्री सडक खण्डहरूमा व्यापक चेकजाँच गरि रहेको छ । सो अभियान अन्तर्गत बोदे बर्साईन नगरपालिकाको मुख्य बजार लगायत जिल्लाको विभिन्न ठाँउमा ट्राफिक चेकजाँच तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीका प्रमुख प्रहरी निरीक्षक मेदनी प्रसाद साह र ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी नायब निरीक्षक प्रराज चौलागाईंको संयुक्त टोलीले यो अभियान अन्तर्गत आज चेकजाँच थालिएको हो।
दुर्घटना न्युनिकरणका लागि हुलाकी राजमार्ग लगायत, भित्री सडक खण्डहरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीका प्रमुख साहले ट्राफिक चेकजाँच तथा जनचेतनामूलक अभियानको थालिनि गरेका हो । ट्राफिक प्रहरी निरीक्षक साहले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्ने बताए। ट्राफिक सम्बन्धि सम्पूर्ण कार्यहरू सडकको सम्पर्कमा आउने सबैपक्षहरूको हितमा रहेको हुदाँ यस सम्बन्धमा सबै जानकार र सचेत हुनु पर्ने समेत बताउनु भयो।उहाँले ‘ट्राफिक प्रहरी, गाडी चालक र स्वयं यात्रु समेत सचेत हुनुपर्ने बताए । ‘व्यवसायी, चालक र सह–चालकले क्षमता भन्दाबढी यात्रु बोक्न बाध्य पार्नु हुँदैन।’
बोदे बसर्साईन वडा नम्बर – ५ का धर्मेन्द्र साहले भने ट्राफिक प्रहरीहरू मुख्य राजमार्ग केन्द्रीत थियो । उनले भने आज भित्री सडकमा चेकजाँच गरेको देखेर खुशी यसलाई निरन्तरता दिने पर्ने बताए ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर -९ का दिपेन्द्र यादवका अनुसार भने पछिल्लो समयमा सवारी दुर्घटनाबाट मानिस मर्नेको संख्या वृद्धि हुँदै गएकोले ट्राफिक सम्बन्धि ‘सचेतनाको कार्यक्रम स्थानीयतहको समन्वयमा बढाउनु पर्नेमा जोड दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक साहका अनुसार ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुन बमोजिम कार्वाही हुने बताउनु भयो । यो अभियान अन्तर्गत सवारी चालक, सह-चालक, यात्रु, व्यवसायीलाई समेत ट्राफिक नियमसम्बन्धी सहजीकरण गर्ने प्रहरी निरीक्षक साहले बताए। उहाँका अनुसार पछिल्लो समयमा जिल्लाका भित्री सडखण्डहरूमा चेकजाँच बढाउदाँ सवारी दुर्घटना न्युनिकरण भई रहेको छ । ‘ दुर्घटनालाई थप न्यूनीकरण गर्न सडकमा चालकसँग रातीको समयमा पनि चालकलाई भेला गराई सचेत गराई रहेको बताए ।
Discussion about this post