उमेश कुमार साह:१५ कार्तिक बुधबार
सप्तरी : बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ मा युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा एक दिने रक्तदान कार्यक्रम गरेको छ ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित धर्मशालाको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा सेवा समितिका सदस्य , नगरपालिकाका जनप्रतिनिधि , वडा अध्यक्ष , बजार ब्यपार संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीय युवासहित दर्जनौं जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिका कार्यवाहक नगर प्रमुख रेणु कुमारी साहले रगतको अभाव हुन नदिन यस्ता किसिमको कार्यक्रम समय समयमा राख्न सुझाव दिदैँ पालिकाले समन्वयकारी भुमिका खेल्ने बताउनुभयो । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने बताउदै आगामी दिन वडामा आयोजना हुने यस्ता रचनात्मक कार्यहरुमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रमुख व्यक्त गरिन।
रक्तदान कार्यक्रम युनाइटेड मिसन नगर युवा समितिको सहयोग र रेडक्रस सोसाइटी राजबिराजको प्राविधिक सहयोगमा आयोजना गरेको थियोे ।
सो कार्यक्रम युवा समितिको अध्यक्ष ओम प्रकाश यादवको अध्यक्षता भएको हो,भने कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमालेका नेता अनोज कुमार यादव , अतिथिहरु वडा अध्यक्ष रबिन्द्र कुमार साह ,राम प्रसाद राम , मो मोजिबुर रहमान , राज कुमार यादव , बिजय नारायण कापैर , तपसी यादव , ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रराज चौलागाईं , सशस्त्र प्रहरी बलका असई राम नारायण महतो , राम प्रसाद चौधरी ,विभिन्न पार्टीका नेताकार्यकर्ता , स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियोे ।
शुभकामना मन्तव्यमा वडा अध्यक्षहरुले यो कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता , आर्थिक तथा भौतिक सहयोग गर्ने लगायत अन्य सहयोगी महानुभावहरूलाई धन्यवाद दिदै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा राखेको बताए ।रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै समयलाई सदुपयोग तथा सुरक्षित ढंगले रक्तदान र रक्त संकलन गरि रक्तदान कार्यक्रमलाई सफल बनाउने सहयोगिहरुलाइ प्रशंसापत्र बितरण गरिएको थियो।
Discussion about this post