काठमाडौं  । नेपाली बजारमा आइतबार पनि सुन–चाँदीको मुल्य बढेको छ।

आइतबार सुनको ५ सय र चाँदीको २० रुपैयाँले मूल्य बढेको हो।

शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ मूल्यआइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।