MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कुम्हरौडामा बालबालिकालाई निःशुल्क ट्युसन चल्दै

मोबाइलको लत कम गर्न र शिक्षाप्रतिको आकर्षण बढाउन बालबालिकालाई निःशुल्क ट्युसन दिन सुरु गरिएको छ।

मधेशटप by मधेशटप
२०८१ पुष २९, सोमबार १८:१४
0
कुम्हरौडामा बालबालिकालाई निःशुल्क ट्युसन चल्दै

जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–७, कुम्हरौडामा मोबाइलको लत कम गर्न र शिक्षाप्रतिको आकर्षण बढाउन बालबालिकालाई निःशुल्क ट्युसन दिन सुरु गरिएको छ । कुम्हरौडा भगवतीपुर समाजसेवाको पहलमा सुरु भएको यो कार्यक्रमले गाउँका दलित, सीमान्तकृत, तथा विपन्न समुदायका एक सय ८० जना बालबालिकाले फाइदा लिएका छन् ।

गाउँका शिक्षक रामशिरीठ साहले सुरुवात गरेको यो कार्यक्रम गाउँबाट वैदेशिक रोजगारीमा गएका एक सय २० जना युवाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ । ती युवाले मासिक एक हजार दुई रुपियाँ सहयोग गर्दै आएका छन् ।

लक्ष्मिनिया आधारभूत विद्यालयका शिक्षकसमेत रहेका साहले पहिलोपटक गाउँका दलित तथा विपन्न बालबालिकालाई लक्षित गर्दै निःशुल्क ट्युसन पढाउन सुरु गर्नुभएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई आफ्नो योजना सुनाएपछि उहाँहरूले आर्थिक सहयोग गर्न थालिएको हो ।

शिक्षक साहका अनुसार बालबालिकालाई मोबाइल तथा अन्य अस्वस्थ आदतहरूबाट जोगाउन ट्युसन सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “मेरो चाहना भनेको कम्तिमा दुई घण्टा उनीहरू मोबाइलबाट टाढा रहुन् र पढाइमा समय दिन सकुन् । बालबालिका स्कुलबाट घर आएपछि धेरैजसो समय मोबाइलमा बिताउन थालेका थिए । कतिपय बालबालिका कुलतमा फस्ने सम्भावना पनि देखियो ।”
हाल ट्युसन पढ्ने ८० प्रतिशत बालबालिका नियमित रूपमा विद्यालय जान गरेका छन् । बाँकी बालबालिका भने विपन्नता कारण अभिभावकसँगै काम गर्न र दिनभर खेल्न बाध्य हुने गरेको शिक्षक साहले बताउनुभयो ।

शिशु कक्षादेखि पाँच कक्षासम्मका पढाई हुने गरेको बताउँदै उहाँले विद्यार्थीका लागि आठ जना शिक्षक–शिक्षिकाले दैनिक पठनपाठन गराउने गरेको छन्। ती शिक्षकहरूलाई मासिक चारदेखि पाँच हजार रुपैयाँ दिने गरिएको उहाँले जानकारी दिनुभयो । कतिपय बालबालिकालाई कापी, कलम, लत्ताकपडा जस्ता सामग्री निःशुल्क उपलब्ध गराउँदै आएको शिक्षक साहले सुनाउनुभयो ।

यो कार्यक्रमले दलित, सीमान्तकृत, र अन्य समुदायका बालबालिकालाई एकसाथ शिक्षामा सहभागी गराउँदै समाजमा सकारात्मक परिवर्तन ल्याएको स्थानीय राजन झाले बताउनुभयो । गाउँका युवाहरूको सहयोग र शिक्षकहरूको प्रयासले ग्रामीण भेगमा शिक्षा प्रवद्र्धनको उदाहरणीय काम भएको उहाँको भनाइ छ ।

बालबालिकामा पढाइप्रतिको रुचि बढेको र मोबाइल तथा अन्य अस्वस्थ गतिविधिबाट टाढा राख्न सफल भएको छ । यो कार्यक्रमले बालबालिकाको भविष्य निर्माणका साथै ग्रामीण समाजमा शिक्षा र सामाजिक सहकार्यको महत्व स्थापित गर्न मद्दत गरिरहेको स्थानीयको भनाइ छ ।

कुम्हरौडा भगवतीपुर समाजसेवाको यो अभियानले बालबालिकालाई शिक्षित बनाउनुका साथै गाउँको सामाजिक विकासमा समेत योगदान पु¥याएको छ । ग्रामीण भेगका युवाहरूको सहयोग र स्थानीय शिक्षकको प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याएको स्थानीय मनोज कर्णले बताउनुभयो ।सभार : गोरखापत्र

Previous Post

राम मन्दिर पार्कको सौन्दर्यकरणको लागि ५० लाख

Next Post

ज्योतिष ई. विवेकलाई एस्ट्रोलोजी र वास्तुमा डाक्टरेटको उपाधि

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८१ पुष २९, सोमबार १८:१४
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८१ पुष २९, सोमबार १८:१४
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८१ पुष २९, सोमबार १८:१४
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८१ पुष २९, सोमबार १८:१४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८१ पुष २९, सोमबार १८:१४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८१ पुष २९, सोमबार १८:१४

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति