जनकपुरधाम । जनकपुरधाममा आयोजित एक भव्य कार्यक्रम मार्फत मिथिला आइकन २०२५ को उपाधि प्रियान्शु पाण्डेय र अमित मण्डलले जिते हासिल छन्।

यो प्रतिष्ठित प्रतियोगिता क्रिएटिभ युथ क्लब जेश्वरको आयोजनामा सम्पन्न भएको छ। कार्यक्रम जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको थियो, जहाँ दर्जनौँ सहभागीहरूबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा युवाहरूको प्रतिभा, आत्मविश्वास, प्रस्तूतिकला र सामाजिक चेतनशीलताको मूल्याङ्कन गरिएको थियो । निर्णायक मण्डलले प्रतिभागीहरूका विभिन्न चरणमा प्रदर्शनको आधारमा विजेता चयन गरेका थिए।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, युवा नेताहरू तथा सांस्कृतिक क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो। आयोजक क्रिएटिभ युथ क्लब जेश्वरका प्रतिनिधिहरूले भविष्यमा पनि युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर गर्ने प्रतिवद्धता जनाएका छन्।

मिथिला आइकन २०२५ को उपाधि जितेका प्रियान्शु पाण्डेय र अमित मण्डललाई प्रमाणपत्र, ट्रफी तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेता टिमलाई मधेश प्रदेशका पूर्व भौतिक पूर्वधार विकास मन्त्री तथा सांसद रामसरोज यादवले नगद १ लाख र कपसहित पुरस्कृत गरेका छन् । उप–विजेतालाई ५० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरियो ।