ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा सोमबार बिहान चोरी भएको छ । राधाकृष्ण चोक बस्ने दीपेन्द्र झाको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको हो ।

चोरले सुनका विभिन्न गरगहना, नगद र मोबाइल १ थान समेत गरी करिब ४ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।