जनकपुरधाम: मंगलम् डायग्नोस्टिक सेन्टर प्रा. लि. र आई जी आई प्रुडेन्सियल इन्स्योरेन्सबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले औपचारिक सम्झौता  सम्पन्न भएको छ।

सोमबार यस सम्झौताले बीमित कर्मचारी तथा ग्राहकहरूलाई सहज र किफायती दरमा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

सम्झौतामा मंगलम् डायग्नोस्टिक सेन्टरका प्रबन्ध निर्देशक अर्थ ठाकुर र आई जी आई प्रुडेन्सियल इन्स्योरेन्स जनकपुरधाम शाखाका प्रबन्धक देव नारायण शाहबीच हस्ताक्षर गरिएको छ।

सम्झौता कार्यक्रममा निर्देशक ठाकुरले यस सहकार्यले स्वास्थ्य सेवा अझै सहज र पहुँचयोग्य हुने बताएका छन्।

उनका अनुसार, यसबाट विशेषगरी प्याथोलोजी परीक्षणहरू किफायती हुनेछन्, जसले समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने तथा उद्देश्य रहेको बताए ।

यस साझेदारीबाट जनकपुरधाम लगायत तराई मधेश तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहजता हुने विश्वास गरिएको बताएका छन्।