जनकपुरधाम। जनकपुरधाम उद्योग बाणिज्य संघले धनुषा प्रहरी विरुद्व आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

गत असोज ३१ गते जनकपुरधामको सोनारपट्टीमा प्रहरीको कुटाईबाट संघका अध्यक्ष सुरेन्द्र भण्डारी गम्भिर घाइते हुने गरि भएको घटना विरुद्व चाडपर्वका कारण शान्त रहेका यहाँका व्यापारीहरु छठ सम्पन्न भएसंगै आन्दोलनको घोषणा गरेका छन् ।

संघद्वारा शुक्रवार जारी विज्ञप्तीमा उल्लेख भए अनुसार आज र भोली जनकपुरधामका व्यापारीहरु कालो झन्डा र कालो पट्टी लगाएर पसल व्यवसाय सञ्चालन गर्ने र कार्तिक १८ गते मंगलवार १२ बजे सम्म पसल बन्द गरि विहान ९ बजे नगरमा विरोध प्रदर्शन गर्दै जनकचौकमा पुगेर पत्रकार सम्मेलन गरि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।

संघले घटनाका मुख्य दोषि नायव प्रहरी उपरिक्षक गणेश बहादुर बम र घुमुवा मनोज कुमार यादव सहितका लागि कारवाहिको मांग गर्दै सिडिओ, डिआईजी सबैलाई ध्यानाकर्षण गराउँदा कुनै सुनुवाई नभई उल्टै जिल्ला प्रह्री कार्यालय धनुषाले विज्ञप्ती निकालेर व्यापार जगतलाई हेप्ने काम गरेको भन्दै आक्रोस व्यक्त समेत गरेको छ ।