जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल अन्तर्गतको युवा विद्यार्थी तथा खेलकुद विभागले समाजवादी युवा संघ नेपालको नयाँ केन्द्रीय  तदर्थ समिति घोषणा गरेको छ।

घोषित समितिमा महोत्तरी जलेश्वर ७ निवासी सौरव शर्मालाई सचिवको जिम्मेवारी दिएको छ। युवा क्षेत्रमा सक्रिय र संगठन विस्तारमा निरन्तर भूमिका निर्वाह गर्दै आएका शर्मा यसअघि पनि महोत्तरीमा विभिन्नअभियान तथा कार्यक्रमको संयोजनमा सहभागी हुँदै आएका थिए।

नयाँ जिम्मेवारी पाएपछि शर्मा संगठनको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै युवालाई राष्ट्रिय राजनीतिक प्रक्रियामा सहभागी गराउनेतर्फ काम गर्ने  बताएका छन । “सामाजिक तथा राजनीतिक गतिविधिमा सधै सक्रिय रहदै आएको थिए पर्टीले थप र ठुलो जिम्मेवारी दिएको छ र यस प्रति सक्रिय रही गम्भीरता साथ संग़ठन सुदृढ़ीकरण र सामाजिक कार्यमा अग्रसर भई काम गर्ने छु।” केन्द्रीय सचिव शर्माले बताए ।

नवगठित तदर्थ समितिमा अध्यक्षमा मनीष यादव, उपाध्यक्षमा  चिरन्जीवी कुमार यादव, रेनु सिंह, र रविन  पाखिन, महासचिवमा  दिपेन्द्र कापडी सहित ७९ पदाधिकारीहरू छन्।