काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा पराजित भएसँगै महाधिवेशनमा निर्मल निवासको ‘नाङ्गो हस्तक्षेप’ भएको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिँदै चुनावमा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका हुन्।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना’, थापाले लेखेका छन्, ‘प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।’