काठमाडौँ । नेपाली कांग्रेस नयाँ नेतृत्वको लागि सोमवार बिहान ८ बजेदेखि निर्वाचन सुरु गर्ने भएको छ ।

नयाँ नेतृत्वको लागि मतदान सोमवार बिहान ८ बजेदेखि सुरु गर्ने कार्यतालिका रहेको जनाइएको हो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।