काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इत्तर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका डा.शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमै चुनाव जित्ने दावी गरेका छन् ।

कोइरालाले आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्ने बताएका हुन् । उनले वीपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले सपना देखे अनुसारको पार्टी निर्माण गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरेका छन् ।

कांग्रेसमा रुपान्तरण ल्याउन आफ्नो टिम सक्षम रहेको बताउँदै उनले आफूहरुको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।