काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आउँदो चुनावमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका छन् ।

१४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार समेत रहेका नेता थापाले आइतवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा आउँदो चुनावमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताका हुन् ।

पार्टीलाई चुनावमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताउँदै नेता थापाले कांग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।