काठमाडौँ । आज बसेको प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विभिन्न ६ अध्यादेश पेस भएको हो ।

गृहमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसम्पादन सुपरीवेक्षण अध्यादेश (पहिलो संशोधन) २०७८, तेजाव तथा अन्य घातक राषायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा अध्यादेश (पहिलो शंशोधन) २०७८, भौतिक पूर्वाधार तथा संसदीय ममलामन्त्रीको तर्फबाट रेल्वे अध्यादेश २०७८ तथा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फैजदारी कार्यविधि सम्बन्धी केही ऐन सशोधन गर्ने अध्यादेश २०७८ पेस भएको छ।

एमाले सांसदहरुले बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ अनुसार बैठक सञ्चालनमा सहयोग गर्न बारम्बार आग्रह गरेका थिए। नाराबाजी नरोकेपछि सभामुखले बैठक अघि बढाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते मंगलबार १ बजे बस्ने छ।