मधेशटप,

 

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई १५१ किलोको मालाले स्वागत गरिएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको को नेत्तृत्व मा हजारौंको संख्यामा  पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई १५१ किलोको मालाले स्वागत गरेका हुन् ।

स्रोतका अनुसार उनले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरेको थियो  ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष कमरेड बिस्णु पौडेल, केन्द्रिय सचिब तथा प्रदेश न.२ का इन्चार्ज कमरेड रघुबिर महासेठ, स्थाइ कमिटीका सदस्य कमरेड प्रभु शाह को बिशिस्ट आतिथ्यता, पोलिटब्यूरो सदस्य, केन्द्रिय कमिटी सदस्य प्रदेश कमिटीका पदाधिकारी र सदस्य कमरेडहरु तथा जनप्रतिनिधिहरुको सहभागिता थियो।