रचना : कृष्ण कुमार महतो

माया कति निष्ठुरी तिमी
मौलाइ रहेको ती पात हेरि हेरि
पानी नहाल्दिने
माया कति निष्ठुरी तिमी

हरियो हुदा
ती पात को
हवा नि न खाइ दिने
माया कति निष्ठुरि तिमी

बलि रहेको दियोलाइ निभाउन खोज्ने
हावा लाई न छेकदिने
माया कति निष्ठुरी तिमी

मैले हेरि रहने रात को त्यो सपना मा आइ
रातभरी मलाइ रुवाइ दिने
माया कति निष्ठुरी तिमी

भेटने बितिकै झगरा सुरु गर्ने
अनि जाने बेला चुम्मा नि नखाइ दिने
माया कति निष्ठुरी तिमी

न कै बोल्ने न कै सुन्ने न त हास्ने
आफ्नै भावनामा डुबि
मेरो आशुलाई नि नबुझ्ने
माया कति निष्ठुरी तिमी

ती साना सब्दहरु मा अल्झी
ती सपनाहरुमा बल्झी
मेरो भवनालाई नबुझी
खाली आकाशमा उरि
माया कति निष्ठुरी तिमी

कति बोल्न जान्ने
कति रुन जन्ने
कति भन्न जन्ने
कति अरुलाइ उराउन जान्ने
अहिले तिमी नहुदा संसार नै खाली लाग्ने
माया कति निष्ठुरी तिमी

दिएको कोसेली नलिने
भएको बेला हात नसमाइ दिने
संगै भएको बेला नि एक्लै एक्लै हिड्ने
अनि राती राती फोन गरि संगै रुने
माया कति निष्ठुरी तिमी।

रचना : कृष्ण कुमार महतो।