उमेश कुमार साह : १९ पुस मंगलबार

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर १ मा रहेका श्री राष्ट्रिय प्राथमिक बिधालय महनौरी सहर्वाले ५८ औं वाषिर्कोत्सव मानएका छन् ।

शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै सफल श्री राष्ट्रिय प्राथमिक बिधालय महनौरी सहर्वाले मनाए ५८ औं बार्षिक उत्सव विभिध कार्यक्रम संगै सम्पन्न गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले कार्यक्रममा सम्बोधन गर्दै भने अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन् । उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत शिक्षाको महत्व रहेको बताए । त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको प्रमुख अतिथि यादवले बताए । विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिकाे लागि शुभकामना दिनुभयाे । उहाँले शिक्षाको क्षेत्रमा प्राबिधक तथा गुणस्तरीय शिक्षा प्रदानका नगरपालिकाले सहयाेग गर्ने बताउनुभयाे ।

बिधालय व्यवस्थापन समितिका प्रतिनिधि ,शिक्षाप्रेमी,बुद्धिजिवि,पत्रकार, अभिभावक, बिद्यार्थी ,कर्मचारी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा शैक्षिक सत्र २०७६ मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।

त्यस्तै विद्यालयले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।