मधेशटप डेस्क, पुस २७ गते ।

जनकपुरधाम :  जनता समाजवादी पार्टी जसपाको सुदृढीकरण तथा जनजागरण अभियान सोमबार रामगोपालपुर वडा न. ६  विश्वम्भरपुरमा     सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा)का नेता एवंम्  पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा   तराई मधेश र हिमाल जोड्ने एक मात्र पार्टी जसपा भएको बताउनुभयो ।

पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले समाजवादको संकल्प लिएर हिडेका जसपा तराई मधेश र हिमाललाई एकमुष्ट गरी लैजाने पार्टी भएको बताउनुभयो ।

उहाले हाम्रो पार्टीले बोकेको समाजबादको अभिभारा पूरा गर्न तपाइँ जनताको साथको आवश्यकता रहको बताउनुभयो ।

सो अवसरमा प्रमुख अतिथि पुर्व आन्तरिक मामिला तथा  कानुन् राज्य मंत्री सरोज सिहं कुशवाहा बिशिष्ट अतिथि केन्द्रिय सदस्य  राजकिशोर यादव नगर ईन्चार्ज सुरेश कुमार यादब जिल्ला सदस्य  अशोक कुमार यादव,नगर अधयक्ष शिबजी सिहं, नगर  अध्यक्ष  दलित रामएकवाल माड्  सहभागी भएको थियो  ।  त्यही क्रममा १५ सदस्य सहित अधयक्षमा बिजय कुमार यादब  पुनः चयन भएको नगर ईन्चार्ज यादवले बाताए ।