उमेश कुमार साह /बोदे बर्साईन/माघ ५ गते।                                                                                     प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र प्रदेश २ को राजधानी जनकपुरको नाउँ पारीत भएको खुशीयालीमा जसपाका नेताहरुद्वारा सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित शत्रुध्न चौकमा दिप प्रज्वलन गरी खुशीयाली मनाएका छन्।जनता समाजवादी पार्टी नेपालका बोदे बर्साईन नगर अध्यक्ष अरुण यादवको अध्यक्षता रहेको थियो भने बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथि रहनु भएको थिए।

अतिथिहरुमा जसपा नेपालको नगर उपाध्यक्ष राज कुमार यादव तथा बोदे बर्साईन न पा वडा नम्बर २ को अध्यक्ष दिगम्बर प्रसाद यादब , वडा नम्बर ३ को अनोज कुमार यादव , वडा नम्बर ५ को वडा अध्यक्ष मो मजेबुल रहमान , स्थानीय अनिल प्रसाद सिंह , दिपेन्द्र यादव , पप्पु यादव , हेम किशोर यादव , प्रभाव सालीहरु लगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

प्रदेश २ सरकारले ल्याएको प्रदेशको नाम”मधेस तथा स्थायी राजधानी जनकपुरको प्रस्ताव उपर प्रदेश सभामा भएको मतदानमा दुई तिहाई भन्दा पनि बढी मत प्राप्त भइ पारित भएको छ।सम्पूर्ण मधेसीहरुको मान,सम्मान र पहिचान सहितको नाम मधेस प्रदेश पारित भएको उपलक्ष्यमा सप्तरीको बोदे बर्साईनमा जसपाका नेताहरुद्वारा दिपावली मनाएका छन्।मधेश प्रदेश जिन्दावाद,बिर सहिद अमर रहुन भन्ने मुल नाराको साथ उक्त कार्यक्रमको आयोजना गरेको थियो।

उक्त आन्दोलनमा पहिचान सहितको अधिकार प्राप्त गर्न देशमा सयौं युवाहरुले सहादत प्राप्त गरेका छन्। दर्जनौं सहिदहरुको सपना सकार भएको प्रमुख अतिथि यादवले बताए।