स्थानीय चुनावको मिति घोषणा माग गर्दै अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि प्रदर्शन गरेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ।
उनीहरूले चुनाव सार्न नपाइने भन्दै प्रदर्शन गरेका थिए। साथै अनेरास्ववियुले मन्त्रीहरूलाई कालो झन्डासमेत देखाएका थिए।
एमालेले पनि जेठभित्र स्थानीय तह निर्वाचन गर्नुपर्ने बताइरहेको छ।
यस्तै सत्तारूढ गठबन्धनको बैठकमा जेठभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति भए पनि सरकारले मिति भने घोषणा गरिसकेको छैन।
निर्वाचन आयोगको परामर्शमा मिति घोषणा गर्ने भने पनि ढिलाइ भइरहेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ।
सबै तस्बिर: नारायण घर्तीको फेसबुकबाट
Discussion about this post