मधेशटप, फागुन २ गते ।

जनकपुरधाम : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा बस्ने बैठकमा सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे छलफल हुनेछ।