मधेशटप, फागुन २ गते

भक्तपुरको सूर्यविनायक नगरपालिकाले २०७७ को माध्यामिक शिक्षा परीक्षा एसईईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएका १३ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरेको छ ।

नगरपालिकाले उच्च शिक्षा पढ्दा विद्यार्थीलाई सहज बनाउन र सामुदायीक विद्यालयमा अध्ययन गर्न प्रोत्साहनका लागि आइतबार ल्यापटप वितरण गरिएको नगरपालिकाकी शिक्षा तथा युवा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले जानकारी दिइन् ।

नगरपालिकाभित्र रहेको १० वटा माध्यामिक विद्यालयबाट सबैभन्दा बढी अंक ल्याएर पास गर्ने प्रत्येक विद्यार्थीलाई ल्यापटप वितरण गरिएको उपनिर्देशक कोइरालाले बताइन् ।सामुदायीक विद्यालयप्रति विद्यार्थीलाई आकर्षण गर्न र सामुदायीक विद्यालयमा दिइने गुणस्तरीय शिक्षाको सकारात्मक सन्देश प्रवाहको लागि ल्यापटप वितरण गरिएको उपनिर्देशक कोइरालाले बताइन् ।