मधेशटप, फागुन २ गते 

भ्यालेन्टाइनडे लाई बिदेशी संस्कारको रुपमा हेरीन्छ नेपालमा, तथापी आजका युवा पुस्ताहरुले यो दिवसमात्र होइन यो भन्दा पूर्वका ७ फेब्रुअरी रोज डे, ८ प्रोपोज डे, ९ चकलेट डे, १० टेड्डी डे, ११ प्रोमिस डे, १२ किस डे, १३ हग डे र १४ फेब्रुअरी भ्यालेन्टाइन डे सहित सप्ताहव्यापी बनाई आफ्ना मनको अन्तरकुनामा रहेको, व्यक्त गर्न नसकेको प्रेम, प्रस्तावको रुपमा अगाडी ल्याउने, मायाँको चिनो साटासाट गर्ने तथा प्रेमी प्रेमिका बिचको सम्बन्ध सुमधुर बनाउन एकआपसका भावना साटासाट तथा भविश्यका योजना वा कल्पनाहरुमा वहस गर्ने उपयुक्त समयको रुपमा प्रेम दिवस मनाउने गरेको पाईन्छ ।

 

;प्रेम प्रवाहलाई सहज बनाइदिएको छ भ्यालेन्टाइनले। यो पश्चिमा मुलुकबाट प्रचलनमा आएको रसरंग दिवस भएकाले मुस्लिम अतिवादी मुलुकमा भने यसप्रकारको पर्वलाई प्रतिबन्ध लगाइन्छ।

प्रेमलाई विभिन्न दार्शनिकले अनेक परिभाषा गरेका छन् । रजनिशले प्रेमलाई वासनाबाट टाढा राखेका छन्। प्रेममा आशक्त प्रकट हुँदैन, तर आशक्तका लागि प्रेम गरिन्छ भन्ने उनले भनेका छन्। प्रेमका विषयमा फरक(फरक प्रकारका भाव धेरैले व्यक्त गरेका छन्।

भ्यालेन्टाइनसँग सम्बन्धित प्रेम विशुद्ध युवायुवतीबीच हुने सम्बन्धको हो। बुबाआमा, दिदीबहिनी, दाजुभाइ वा अन्य नातेदारसँग गरिने प्रेमसँग यसको कनेक्सन छैन । त्यसैले, प्राचीन सभ्यतादेखि यो कालसम्म प्रेमका सारलाई केलाउन यो साता सान्दर्भिक देखिन्छ। यसलाई पश्चिमा पादरीले उच्च सम्मान व्यक्त गर्ने दिन अर्थात् प्रेमपूणर् सम्मान गर्ने दिनका रूपमा मनाएका थिए। पछि यो क्रमशः युवायुवतीबीच हुने प्रेमको दिवसमा परिवर्तन हुँदै गयो। र, ‘प्रणय दिवस’का रूपमा फैलियो। तर, जे(जसरी व्याख्या गरिए पनि अहिले विश्वभर विपरीतलिङ्गी बीच हुने सम्बन्धलाई भ्यालेन्टाइन दिवस चित्रण गरिन्छ।

 

प्रेम हुन नजिक वा टाढामा भर पर्दैन। तर, प्रेम व्यक्त हुनुपर्छ। म तिमीलाई माया गर्छु नभनेसम्म प्रेमको संकेत देखिँदैन। व्यक्त प्रेमले सार्थकता दिन्छ। अव्यक्त प्रेम सक्कली रूपमा झल्कँदैन। नझल्केको प्रेम पानीको फोका जसरी विलीन हुन्छ। तर, आजभोलि व्यक्त गर्ने नाममा ढोंगी प्रवृत्ति हावी भएको छ।

 

विछोडमा पनि प्रेम हुन्छ। तर, सँगै बसेर पनि प्रेम नहुन सक्छ भन्ने समाजले बुझ्न आवश्यक छ।

त्यसैले, दुईजनाबीचको समझदारी, विश्वास र प्रेम उच्चकोटिको बनाउन समान अधिकार महत्वपूणर् विषय हो। जसरी पुरुषको स्वतन्त्रतालाई हाम्रो समाजले सहज रूपमा लिने गरेको छ, त्यसरी नै महिलाको स्वतन्त्रतालाई समाजले सजिलै ग्रहण गर्ने हो भने हाम्रा सम्बन्धहरू प्रेममय हुनेछन्। प्रेममय समाज निर्माणका लागि संकुचन विचार, कुसंस्कृति, धार्मिक विकृत, पुरातन जडता र अहंकार पुस्तौनी चलन अन्त्य हुन आवश्यक छ।