मधेशटप,फागुन,६ 

सत्ता साझेदार दल माओवादी केन्द्रका भ्रातृ संगठनले आज पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०विरुद्ध प्रदर्शन गर्ने भएको छ।

शुक्रबार मध्याह्न १२ बजे माओवादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल ९वाइसिएल० र अनेरास्ववियु ९क्रान्तिकारी०ले नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको एक नेताले बताएका छन ।

एमसिसीविरुद्ध नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि प्रदर्शन गरिने जनाइएको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउन कांग्रेसले जोड गरिरहेका बेला माओवादी केन्द्रका भ्रातृ संस्था आन्दोलनमा उत्रिएका हुन्।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गराउन नहुने अडान राखेको छ।