मधेशटप,फागुन,६ 

आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी पेश नहुने भएको छ । संसद बैठक बस्नु अघि बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।

तर अहिले संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बसिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छान ।