मधेशटप,फागुन,६ 

जनकपुरधाम। मधेश प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा महोत्तरीमा २० लाखको लागतमा धर्मशाला शिलान्यास गर्नुभएको छ ।

बुधबार मनराशिस्वा नगरपालिका वडा न। ५ सानो कटिमा पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाद्वारा आफ्नो संसदीय बिकास कोषबाट रु २० लाखको लागतमा धर्मशाला शिलान्यास गरेका हुन ।

नेता कुशवाहाको महोत्तरी निर्वाचन क्षेत्र न। ४ ख को सानो कटिमा उहाँको संसदीय बिकास कोषबाट रु।२० लाखको लागतमा मनरा सिस्वा नगरपालिकाको वडा नं।५ सानो कटिमा धर्मशालाको शिलान्यास गरियो।

सो कार्यक्रममा केन्द्रिय परिषद सदस्य दिपक झा (गुडू) स्थानिय मनरा शिस्वाका नगर संयोजक महेन्द्र यादव,वडा अध्यक्ष हदिस राइन , जिल्ला सदस्य रबिन्द्र सिंह, सुरेश कुमार यादव, मुद्दिन राईन लागाईत स्थानिय नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेको थियो