मधेशटप, फागुन ८ गते।

आज आईतबार बस्ने प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकअघि ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको कार्यसूची तय गर्नेछ रएमसीसी टेबल गर्ने कि नगर्ने भन्ने विषयमा बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको जनाइएको छ ।