मधेशटप, फागुन ८ गते।

म त्यो देशको नागरिक हुँ ,
त्यहाँ अमर सिंह थापा र बलभद्र कुँवर जस्ता महान पुरुष जन्मेका थिए
म त्यो देशको नागरिक हुँ ,
त्यहाँ अरनिको जस्ता अनौठो कालकार जन्मेका थिए
म त्यो देशको नागरिक हुँ ,
त्यहाँ गौतम बुद्ध जस्ता विधुवान जन्मेका थिए
म त्यो देशको नागरिक हुँ ,
त्यहाँ राजा जनक संग ठुलाठुला पण्डित र ऋषि मुनि जन्मेका थिए
म त्यो देशको नागरिक हुँ ,
त्यहाँ माता जानकी जस्ता पवित्र महिला जन्मेका थिए
म त्यो देशको नागरिक हुँ ,
त्यहाँ अयोध्याका राजा श्री श्री १०८ श्री दसरथ महाराजका पुत्र राजा राम बिहे गर्न आएको थिए
म त्यो देशको नागरिक हुँ ,
जुन देशले कहिले र कही झुकेको छैन
म त्यो देशको नागरिक हुँ ,
त्यो देशको भूगोल सारा संसार जानी रहेको छ
यति थाह भए पनि हामी एम सी सी पास गर्छौ भने हामीलाई देशको आमा कहिले माफी गर्दैन
एम।सी।सी खारेज गर सरकार  ,एम।सी।सी चाहिँदैन,देश बेच्न पाइँदैन

नेपाल विद्यार्थी संघ धनुषा जिल्ला सदस्य, अजय यादव