मधेशटप, फागुन ८ गते।

प्रतिनिधि सभाको आइतबारको बैठकमा अमेरिकी सहयता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता टेबल भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता टेबल गरे। एमसीसीसँगको अनुदान सम्झौता २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको थियो।

तर, दलहरूबीच सहमति नहुँदा टेबल भएको थिएन। आइतबार पनि एमालेको अवरोध र केही सांसदहरूको बिरोधकैबीच सम्झौता टेबल गरियो।भित्र एमसीसी सम्झौता टेबल हुँदै गर्दा संसद् भवन बाहिर भनेर करिब करिब ुरणमैदानु बनेको थियो।

संसद् बैठक सुरु हुनुभन्दा अघि नै बानेश्वरमा विरोध प्रदर्शन चलिरहेको थियो। र, संसद् बैठक सकिएपछि पनि प्रदर्शन जारी रह्यो।सत्तारूढ माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा, विद्यार्थी र एमसीसीको विरोधमा रहेका राजनीतिक संगठनहरूले विरोध प्रदर्शन गरे।

त्यसक्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केही विद्यार्थी नेताहरू घाइते समेत भए। केही सुरक्षाकर्मी पनि घाइते भए।

प्रहरीले बल प्रयोग गर्दा पनि एमसीसीविरुद्धको नारावाजी र प्रदर्शन भने रोकिएन। प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान चलिरह्यो। प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गर्‍यो।