मधेशटप ,जनकपुरधाम :-
MCC को विरुद्धमा लामो समय देखि आन्दोलनरत एवं उक्त आन्दोलनका उदघोषकर्ता जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियान का राष्ट्रिय संयोजक डा. मनोज कुमार झा ले आफ्नो सामाजिक संजाल मार्फत आज संसदमा MCC टेबुल भएको विरोधमा भएको हिंसक झडप माथी टिप्पणी गर्दै आफ्नो सामाजिक संजाल Facebook मा यसो लेख्नु भयो :- “अंकगणित र बिजगणित बिचको भिन्नता एवं त्यसले पार्ने ज्यामितिय प्रभाव नजाने सम्म नेपाल र नेपालीको मुक्ति सम्भव छैन !!” “दुई वा दुईभन्दा अधिक हात्ती आपसमा प्रेम गरोस या झगडा, घाँसको नियति पिल्सिने-कुल्चिने-मासिने नै हो ।
यही अवस्था र ब्यवस्था रहि-रहे, नेपाल र नेपालीको नियति पनि ठ्याक्कै त्यही हुने हो ।।” भ्रममा नरहौं, “टिकोटालो गर्ने, जन्ती जाने, भोजभतेर समेत खाने र सुहाग-रात (हनीमुन) मनाउँदै मोजमस्ति गर्दै बच्चा पनि जन्माउने तर बिहे नगर्ने हुनै सक्दैन, नियतिले स्विकार्दैन !” MCC लाई कमाउनिष्ट चस्माले हेरेर राजनीतिक वेश्यावृत्ति तथा बौद्धिक वेश्यावृत्ति द्वारा नियंत्रित एवं निर्देशित भएर भ्रमित कु-बुद्धि प्रयोग गर्दै आफ्नै दाजुभाइ एवं देशभक्त शक्ति प्रहरी – प्रशासन – सुरक्षा निकाय माथी बरबर आक्रमण गर्दै हिंसक चरित्र प्रदर्शन गर्ने जत्था एवं समुहले MCC मा सहि-छाप ठोक्नेहरु र देश तथा जनतालाई गुमराहमा राख्दै भ्रमित पार्ने राष्ट्रघाती, देशद्रोही, विदेशीका खेताला, अराष्ट्रिय तत्व एवं ब्वाँसाहरुको गिरोह माथी त्यही आक्रोश, उर्जा, देशभक्ति प्रयोग गरेको भए आजैदेखि हाम्रो मातृभूमिले “मुक्ति” पाउने पक्का थियो ।
सबौले सम्पूर्ण पक्षको सबै कोणहरु बाट स्व-विश्लेषण गरौं र आगामी दिनहरुमा आक्रोश, उर्जा, देशभक्ति, क्रान्तिकारी चरित्र सहि तरिकाले सहि ठाउँमा प्रयोग गरौं ।। अहिले पनि समय छ, चेतना भया !! पशुपतिनाथ ले सबैलाई सदबुद्धि प्रदान गरुन् !!