मधेशटप, फागुन १० गते।

नेपाली कांग्रेसको सप्तरी जिल्ला सभापतिमा संस्थापन पक्षबाट सत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन् ।१५ फागुनमा हुने जिल्ला अधिवेशनमा हालका जिल्ला सचिव यादवले संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सप्तरी क्षेत्र नम्बर १ का सभापति ललन गुप्ताले यादवको नाम प्रस्ताव गरे भने सभापति पदकी आकांक्षी निर्मला यादवले समर्थन गरिन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापति दिनेश यादवले घोषणा गरिएका उम्मेदवार शत्रुधनले पार्टीलाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।जिल्लामा संस्थापन इतर पक्षले भने सभापतिको उम्मेदवार घोषणा गरेको छैन ।