मधेशटप फागुन १३ गते ।

प्रतिनिधि सभाको बैठक आज पनि स्थगित गरिएको छ।कार्य व्यवस्था परामर्श समितिको बैठक नबसेरै आजको संसद् बैठक बस्ने तयारी गरिएको थियो।

एमसीसीका विषयमा सैद्धान्तिक छलफल पश्चात् साधारण बहुमत वा मत विभाजनमा सहमति जुट्न नसक्दा आजको बैठक पनि स्थगित गरिएको छ।

बैठक आइतबारका लागि तय गरिएको छ।सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस साधारण बहुमतबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी  अनुमोदन गर्ने अडानमा छ। सत्ताघटक माओवादी केन्द्र भने एमसीसीलाई मतदानको प्रक्रियामा पुर्‍याउने पक्षमा छ।