मधेशटप डेस्क,फागुन १४

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सत्तारुढ गठबन्धन टुट्न नदिन आफूहरु गम्भीरताका साथ लागि परेको बताएका छन् ।

अध्यक्ष दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको निष्कर्ष निकाल्दै त्यसलाई जोगाउने र एमसीसी समस्या समाधानका लागि आफूहरुले विभिन्न उपायहरूको खोजी गम्भीरतापूर्वक गरिरहेको बताएका हुन् ।

शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति कसम खाएर बनेको सत्तारुढ गठबन्धन टुटाएर कुनै पनि खालको प्रतिगमनकारी गठबन्धन हावी हुने अवस्था नआओस् भनेर आफूहरुले सक्दो प्रयास गरिरहेको पनि बताएका छन ।

अध्यक्ष दाहालले अहिले फेरि एमसीसी परियोजनाका कारण प्राप्त उपलबघि गुम्ने खतरा बढेको बताए ।

उनले अहिले पनि आफ्नो पार्टीले संविधान, लोकतन्त्र, संघीयता र उत्पीडित जनताको अधिकारको रक्षाका लागि रक्तपातहिन युद्ध जारी राखेको बताएका छन