मधेशटप डेस्क,फागुन १४

सुर्खेत नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा कुलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहरा र विमला शाही निर्वाचित भएको निवर्तमान अध्यक्ष दल रावलले जानकारी दिएका छन ।

उनका अनुसार जिल्ला अध्यक्षका लागि तीन जना आकांक्षी भएपनि अन्तत एमाले प्रदेश कमिटी सदस्य समेत रहेका हमाल अध्यक्षमा चुनिएका हुन् ।

पार्टी केन्द्रको निर्देशन र जिल्लाका सबै प्रतिनिधिको आग्रह अनुसार तीन दिन लगाएर सहमतिका आधारमा नेतृत्व छनोट गरेको निवर्तमान अध्यक्ष रावलले बताएका छन ।