मधेशटप डेस्क,फागुन १६ गते

नेकपा एमाले धनुषाको विवाद सतहमा आएको छ ।

जिल्ला अध्यक्ष र सचिवले भिन्न भिन्नै विज्ञप्ति जारी गरेपछि एमाले धनुषाभित्रको विवाद सतहमा आएको हो ।

पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमबार बस्ने भनिए पनि अन्तिम समयमा अध्यक्ष राजकिशोर यादवले स्थगित गरे ।

त्यसपछि सचिव तेज नारायण यादवले भने बैठक स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरे ।

अध्यक्ष यादवले धनुषामा केही पालिका र वडामा बाँकी रहेको अधिवेशन सम्पन्न गर्नका लागि बैठक स्थगित गरिएको बताएका छन् ।

तर जिल्ला सचिव यादवले भने बैठक स्थगितबारे भ्रम फैलाइएको जनाए ।