मधेशटप डेस्क,फागुन १६ गते

गण्डकी प्रदेशका आफ्ना १४ जना नेता कार्यकर्तालाई जसपाले कारबाही गरी पार्टीबाट निकालेको हो ।

जसपाको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएको हो ।

प्रदेश कमिटी अध्यक्ष मोती रिजाल र कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले आइतबार प्रेस विज्ञप्तिमार्फत् १४ जना नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्कासन गरिएको जानकारी दिएका हुन् ।