मधेशटप डेस्क,फागुन १६ गते

महोत्तरी ; संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।

वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव परेको छ ।